कांग्रेस महाधिवेशन प्रतिनिधिमा फिल्म निर्माता रोज राणा चुनिए, निर्देशक रिनशा पराजित – Nepal Press

कांग्रेस महाधिवेशन प्रतिनिधिमा फिल्म निर्माता रोज राणा चुनिए, निर्देशक रिनशा पराजित

काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशन नजिकिएसँगै फिल्मकर्मीमाझ पनि चुनावी सरगर्मी व्यापक छ । कतिपय फिल्मकर्मी महाधिवेशन प्रतिनिधि चुनिएका छन् भने कतिपय चुनावमा पराजित भएका छन् । महत्वपूर्ण के रह्यो भने कुनै दलतिर पनि सार्वजनिक नभएका कतिपय कलाकार भने महाधिवेशनसँग राजनीतिकरुपमा कित्ताकट भैरहेका छन् ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्न इलाम चुलाचुलीबाट उम्मेदबारी दिएकी चर्चित कोरियोग्राफर तथा निर्देशक रिनशा राई पराजित भएकी छिन् । विगतमा कुनै राजनीतिक दलतिर पनि सार्वजनिक नभएकी रिनशा यसपटक भने कांग्रेसको महाधिवेशन प्रतिनिधिको लागि उम्मेदरबा बनिन् । उनी चुनाबकै लागि भनेर केही सातायाता गृहजिल्लामा इलाममा व्यस्त रहिन् ।

निर्माता संघका महासचिव तथा फिल्म निर्माता रोज राणा प्युठानबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । क्षेत्रीय सभापति समेत रहेका उनी पार्टी सभापति सभापति शेरबहादुर देउवा गुटका हुन् । फिल्म निर्देशक सम्झना उप्रेती रौनियार मधेशी कोटाबाट प्रदेश सभा-१ काठमाडौंबाट महाधिवेशन प्रतिनिधिमा विजयी भएकी छन् ।

निर्देशक तीर्थ थापा लमजुङाबाट महाधिवेशन प्रतिनिधि र प्राविधिक मनोज केसी काठमाडौ जिल्ला क्षेत्र नं १ प्रदेश (क) बाट प्रदेश प्रतिनिधि चुनिएका छन् । हेटौंडा निवासी कलाकार सुशान्तकुमार श्रेष्ठ मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नं १ प्रदेश सभा (क)बाट सभापतिमा निर्विरोध छानिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर