नेपाली अभिनेता कार्म हलिउड थ्रीलर ‘फ्रोस्टबाइट’मा अनुबन्धित, फेब्रुअरीमा सगरमाथामा सुटिङ हुँदै – Nepal Press

नेपाली अभिनेता कार्म हलिउड थ्रीलर ‘फ्रोस्टबाइट’मा अनुबन्धित, फेब्रुअरीमा सगरमाथामा सुटिङ हुँदै

काठमाडौं । नेपाली अभिनेता कार्म हलिउड फिल्म ‘फ्रोस्टबाइट’मा अनुबन्धित भएका छन् । सन् २०२२ को फेब्रुअरीमा नेपाल र अमेरिकामा छायांकन हुने फिल्मलाई सुपरहिरो फिल्म ‘एक्समेन’ र ‘थोर’ लेखक ज्याक स्टेन्जले लेखेका हुन् ।

डिज्नेका एनिमेटर किरणभक्त जोशीले अमेरिकन कम्पनी इलेक्ट्रिक ब्रेन इन्टरटेनमेन्टसँग मिलेर फिल्म निर्माण गर्न लागेका हुन् । सगरमाथामा खसेको हिमपहिरोमा बाँच्न सफल चार आरोहीको कथा फिल्मले भन्छ ।

यो फिल्ममा कार्मसँगै बलिउड अभिनेता गुल्सन ग्रोबर पनि देखिनेछन् । अन्य कलाकार अमेरिकाबाटै लिइने भएको छ । लकडाउनअघि नेपालमा रिलिज भएको द म्यान फ्रम काठमाण्डूमा कार्म र ग्रोबरले सहकार्य गरेका थिए ।

अभिनेता ग्रोबर बलिउड फिल्म ‘सूर्यवंशी’बाट पुनः चर्चामा छन् ।

नेपाल प्रेससँग कुरा गर्दै अभिनेता कार्मले आफू अनुबन्धित भएको र आउँदो वर्ष छायांकन हुने फिल्मलाई लिएर आफू उत्साहित भएको बताए । उनले आफ्नो भूमिका खुलाउन अस्वीकार गरे । यो फिल्ममा भुटानका एकजना कलाकार पनि हुनेछन् ।

यसअघि सोफिया वल्र्ड निर्देशन गरेका जियोफ्री जेम्स क्लार्कले फ्रोस्टबाइट निर्देशन गर्ने भएका छन् । ‘नेपालको पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्य फिल्म बन्न लागेको हो र म उत्साहित छु’ कार्मले भने ।

उनी अभिनित फिल्म कठ्पुतली डिसेम्बर २ मा रिलिज हुँदैछ भने उनी हालै प्रशान्त रसाइली निर्देशित फिल्म लंगडोको साथीको डबिङ सकेर सिक्किमबाट फर्किएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर