सरकारले लुम्बिनी प्रदेशका १४ अस्पतालमा विकास समितिका पदाधिकारी फेर्दै – Nepal Press

सरकारले लुम्बिनी प्रदेशका १४ अस्पतालमा विकास समितिका पदाधिकारी फेर्दै

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेशमा रहेका १२ जिल्ला र २ प्रादेशिक अस्पतालमा रहेका अस्पताल विकास समितिका पदाधिकारी परिवर्तनको तयारी गरेको छ ।

अघिल्लो सरकारले नियुक्ति गरेका सबै अध्यक्ष तथा पदाधिकारीहरु हटाएर नयाँ नियुक्ति गर्नका लागि सरकारले विभागीय मन्त्रालयको सिफारिसमा प्रकृया अगाडि बढाएको छ ।

स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले अघिल्लो सरकारले नियुक्ति गरेका पदाधिकारी हटाई केही दिनमा नयाँ नियुक्ति गर्ने भएको बताए ।

विकास समिति गठन आदेश परिवर्तन गर्न लागेको र केही दिनमा बस्ने मन्त्रिपरिषदले त्यो अनुमोदन गर्ने र अस्पताल विकास समितिमा नयाँ नियुक्ति गर्ने तयारी गरेको उनले बताए ।

नेकपाको सरकारले २०७६ सालमा लुम्बिनी प्रदेशका १२ बटा जिल्ला २ प्रादेशिक र आयुर्वेद अस्पतालमा अस्पताल विकास समितिमा पदाधिकारी नियुक्ति गरेको थियो ।

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको बहिर्गमनसंगै प्रदेश सरकार मातहत नियुक्त गरिएका आयोग र निकायका अध्यक्ष तथा प्रमुखहरुलाई हटाई नयाँ नियुक्त गरिसकिएको छ ।

यसअघि ती अस्पतालमा नियुक्त पदाधिकारीले दलीय दवावमा आफ्नो जिम्मेवारी नछोडेपछि र उनीहरुलाई हटाउँदा पनि अदालतबाट पुनःबहाली हुने सम्भावनालाई मध्यनजर गर्दै सरकारले अस्पताल विकास समितिमा नयाँ नियुक्तिका लागि गठन आदेश ल्याउने तयारी गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर