नारायणी किनारमा चहलपहल, यसरी भइरहेको छ तयारी (तस्बिरहरू) – Nepal Press
एमाले महाधिवेशन

नारायणी किनारमा चहलपहल, यसरी भइरहेको छ तयारी (तस्बिरहरू)

चितवन । नेकपा एमाले महाधिवेशनस्थल चितवनमा नेताहरुकाे चहलपहल बढेकाे छ । १० म‌ंसिरमा उद्घाटन हुने महाधिवेशनमा सहभागी हुन नेताहरु चितवन पुग्ने क्रम जारी छ ।

संघीय राजधानीसहित देशका विभिन्न भागबाट आएका नेता-कार्यकर्ताको नारायणी किनारमा भीड लागेको छ ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र हुने नारायणी नदी किनारमा अस्थायी संरचना निर्माणको काम ७५ प्रतिशत सकिएकाे छ ।

स्वयमसेवक परिचालन समितिका संयोजक तथा मञ्च व्यवस्थापनमा खटिएका नेता विनोद श्रेष्ठले मञ्च सजावटको काम धमाधम भइरहेको बताए ।  उनका अनुसार करिब ५ सय जना बस्न मिल्ने गरी ४ खण्डको आकर्षक मञ्च निर्माण भैरहेको छ ।

मञ्च निर्माणमा १० जना इञ्जिनियर सहित करिब २ सय जना खटिएका छन् । डिजाइनर महेन्द्र श्रेष्ठले मञ्चको डिजाइन गरेका हुन् । १६ फिट अग्लो भागमा आर्क डिजाइन गरिएको छ ।

लंग लाइभ सिपिएन युएमएल लेखिएको ठुलो फ्लेक्समा चितवन राष्ट्रिय निकुञ्जमा पाइने गैँडा, हात्ती,बाघ, जरायो लगायतका चित्रहरु राखिएका छन् । कुर्सीहरु राख्न प्लाई राख्ने काम भैरहेका छन् । अग्रभागमा जनताको बहुदलीय जनवाद–जिन्दावाद लेखिएको छ ।

मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टिमले १० दिन लगाएर गैँडाको मस्कट तयार पारेको छ । चितवन एकसिंगे गैँडाका लागि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमालेले जनाएको छ ।

नारायणी पुलमा ‘एमाले जिवन्त रहोस्’ लेखिएका फ्लेक्सम राखिएका छन् । तस्बिर खिच्दा जनताको बहुदलीय जनावाद-जिन्दावादलाई फ्रेममा राख्न मिल्ने गरी सेल्फी प्वाइन्टहरु बनाइएका छन् ।

नारायणी किनारमा २५ वटा सेल्फी प्वाइन्टहरु हुनेछन् । बाढीले खाल्डाखुल्डी पारेको चौरमा बालुवा, माटो राखेर सम्याउने काम भइरहेको छ ।

उद्घाटनसत्रमा देशभरबाट ५ लाख जनता सहभागी गराउने एमालेको तयारी छ । बन्दसत्र हुने सौराहा स्थित होटल सेभेन स्टार अस्थायी हल (डोम) निर्माण कार्य भइरहेको छ । करिब ३ हजार सो हलमा बस्न मिल्नेछ ।

मञ्च व्यवस्थापन, उद्घाटन स्थल र बन्दसत्र हुने क्षेत्रमा बनाइने अस्थायी संरचनाहरु निर्माणमा करिब ५० लाख खर्च लाग्ने अनुमान गरिएको श्रेष्ठले बताए ।

 


प्रतिक्रिया

One thought on “नारायणी किनारमा चहलपहल, यसरी भइरहेको छ तयारी (तस्बिरहरू)

  1. पचास लाख खर्च गरेर अधिवेशन गर्नु भन्दा त्यो पैसा के निकट गाउँ को व्यवस्था गर्नु, कर्णाली नदीमा पुल लगाई दिनु, दुखी गरीब को रोजीरोटीको व्यवस्था मिलाउनु , अहिले हुम्ला जुम्ला को ठाउँमा खाना पुगेको छैन त्यसको व्यवस्था गर्नु अधिवेशन को जरूत छैन जनता को मन जित्यो भने सरकार कहिले नी ढल्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर