माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज बन्जाडेको बसको ठक्करबाट मृत्यु – Nepal Press

माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज बन्जाडेको बसको ठक्करबाट मृत्यु

रुपन्देही । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज रामप्रसाद बन्जाडेको सडक दुर्घटनामा परी निधन भएको छ। पार्टीको कार्यक्रममा भाग लिएर दाङको भालुवाङबाट मोटरसाइकलमा फर्किँदै गरेका बन्जाडेलाई मंगलबार साँझ रुपन्देहीको जितगढीमा बसले ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका बन्जाडेको बुटवलस्थित सिटी अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो । विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका बन्जाडे अखिल क्रान्तिकारीको केन्द्रीय महासचिवसमेत भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर