व्यक्ति केन्द्रित पद थप्दै जाँदा पार्टीमा अराजकता हुन्छ, जति छ त्यतिमै चुनाव गरौं- गोकुल बास्कोटा – Nepal Press
नेपाल टक

व्यक्ति केन्द्रित पद थप्दै जाँदा पार्टीमा अराजकता हुन्छ, जति छ त्यतिमै चुनाव गरौं- गोकुल बास्कोटा

त्यसपछि माधव नेपाल 'ग्लुमी सन्डे' गाउँदै सडकतिर भौंतारिने दिन टाढा छैन

काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले पार्टीको दशौं महाधिवेशमा सचिवका लागि उम्मेदवारी घोषणा गर्दै भनेका छन्- यो अधिवेशनपछि नेकपा एमालेको नीति, नेतृत्व र विचारमा देश अघि बढ्नेछ ।

नेपाल प्रेसको नेपाल टकमा कुराकानी गर्दै बास्कोटाले महाधिवेशनले सबैलाई समेट्ने गरी नेतृत्व चुन्ने दाबी गरे । एमाले गुटबन्दीरहित पार्टी भएकाले जो-जो पदाधिकारीमा आए पनि फरक नपर्ने तर पार्टी अध्यक्ष केपी शर्मा ओली नै हुने बताए । उपाध्यक्ष भीम रावलले अध्यक्ष हुने रहर गर्नु स्वभाविक भए पनि चुनाव लडे पराजित हुने उनले ठोकुवा गरे ।

१० बुँदे सम्झौता गरेर एमालेमै रहेका र माओवादी केन्द्रबाट आएकाको पनि पार्टी नेतृत्वमा सम्मानजनक सहभागिता हुने उनको भनाइ छ । तर, उनीहरुलाई व्यवस्थापन गर्ने नाममा पदाधिकारी थप्न नहुने उनको तर्क छ । उनले भने- मान्छेअनुसार पद बनाउने होइन, भएकै पदमा व्यवस्थापन गरिनुपर्छ, हुनुपर्छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलले संसद विघटन गर्नु सही भएको जिकिर गर्दै उनले अहिले क्रमशः उक्त राजनीतिक कदमको औचित्य पुष्टि हुँदै गएको दाबी गरेका छन् ।

पेचिलो बनिरहेको महासचिव चयनबारे उनले भने– पौडेल, पोखरेल र पाण्डेलाई सजिलो हुन्छ भने म सचिवको दाबी छाडिदिन्छु ।

आगामी चुनावमा अरु सबै पार्टी एक भए पनि एमालेलाई हराउन नसक्ने उनको विश्वास छ ।

माधव नेपालप्रति आक्रोशित मुद्रामा प्रस्तुत भएका बास्कोटाले भने- चुनावपछि उनी ‘ग्लुमी सन्डे’ गीत गाउँदै सडकतिर हिँडिरहेका हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर