एमाले स्थायी कमिटी बैठक बस्दै, एक सयभन्दा बढी महाधिवेशन प्रतिनिधि मनोनयन हुने – Nepal Press

एमाले स्थायी कमिटी बैठक बस्दै, एक सयभन्दा बढी महाधिवेशन प्रतिनिधि मनोनयन हुने

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा स्थायी कमिटी बैठक बोलाइएको छ ।

अपरान्ह ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा महाधिवेशन तयारीको समिक्षा र विधान अनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

एमालेको दशौं महाधिवेशनमा कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ । स्थायी कमिटीले विभिन्न क्षेत्रबाट छुटेका व्यक्तिहरुको मनोनयनको सूची केन्द्रीय कमिटीमा पेश गर्नेछ ।

करीव एक सय जना प्रतिनिधि मनोनयन हुने एमालेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *