उपसचिव लिखित परीक्षाको नतिजा सार्वजनिक – Nepal Press

उपसचिव लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । लोक सेवा आयोगले उपसचिव लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आइतबार प्रशासन, परराष्ट्र र न्याय सेवाका लागि भदौमा लिएको राजपत्राङ्कित द्वितीय श्रेणी अर्थात उपसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

प्रशासन सेवातर्फ खुला, महिला, आदिवासी जनजाति, मधेशी र दलित गरेर १३ जनाका लागि लिइएको लिखित परिक्षामा ९ सय ८५ जना सहभागि भएकोमा ४७ जना परिक्षार्थी अन्तरवार्ताका लागि छनौट भएका हुन् ।

यस्तै परराष्ट्र सेवातर्फ एक दलित पदका लागि भएको परिक्षामा १० जना सहभागि भएकोमा अन्तरवार्ताका लागि चार जना छनौट भएका हुन् ।

यस्तै न्यायतर्फ सरकारी वकिलाका लागि खुला र आदिवासी जनजातीमा ४ पदका लागि लिइएको परिक्षामा १७ जना सहभागि भएकोमा अन्तरवार्तका लागि ५ जना छनौट भएका छन् ।

न्याय, कानूनतर्फ एक जना आदिवासी जनजातिका लागि लिइएको परिक्षामा तीन जना सहभागि भएकोमा एक जना मात्रै अन्तरवार्ताका लागि छनौट भएका छन् । र न्याय सेवातर्फ नै न्यायमा खुला र महिला गरेर ५ जनाका लागि लिइएको परिक्षामा २२ जना सहभागि भएकोमा अन्तरवार्ताका लागि ५ जना छनौट भएका छन् ।

छनौट भएका परिक्षार्थीको अन्तरवार्ता भने मंसिर २१ गतेदेखि लिएर २५ गतेसम्म हुने लोक सेवा आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर