रामदेवकाे टिभी च्यानलबारे प्रचण्डकाे जवाफ: स्वीकृति दिने अधिकारी म हाेइन! (भिडिओ) – Nepal Press

रामदेवकाे टिभी च्यानलबारे प्रचण्डकाे जवाफ: स्वीकृति दिने अधिकारी म हाेइन! (भिडिओ)

चितवन । भारतीय योग गुरु रामदेवका दुई च्यानल उद्घाटनका साक्षी बनेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो च्यानलको वैधताबारे अनविज्ञता दर्शाएका छन् । आस्था नेपाल र पतञ्जली च्यानलको अनुमति नै नलिइ उद्घाटन भएको तथ्य बाहिर आएपछि उनले आफुलाई थाहा भएकाे प्रतिक्रिया दिएका हुन्।

काठमाडौंस्थित पतञ्जली योगपीठको आश्रम मण्डिखाटारमा भएको टिभी उद्घाटन समारोहमा प्रचण्ड पनि साक्षी बसेका थिए । भरतपुर विमानस्थलमा शनिबार प्रचण्डले पत्रकारहरूसँग च्यानलकाे वैधताबारे भने, ‘मलाई थाहा भएन है ।’

सबै प्रक्रिया पूरा गरेर विधिसम्मत सुचारु गर्न लागेको आफुलाई भनिएको उनले सुनाए ।

‘यसको केही टेक्निकल समस्या भए मलाई थाहा छैन, तर उहाँहरूले विधिसम्मत नै छ भन्नुभएको थियो’, प्रचण्डले भने, ‘च्यानल स्वीकृति दिने म अधिकारी पनि होइन, मेरो पार्टी अन्तरगतकाे मन्त्रालय पनि होइन ।’

उनले स्वयम् प्रधानमन्त्री नै प्रमुख अतिथि बनेर उहाँले नै उद्घाटन गरेकाले आफूलाई सबै जानकारी नभएको जिकिर गरे ।

प्रचण्डले योगगुरु रामदेवको खुलेर प्रशंसा गरे।

‘हरिद्वार पनि गएर हेरेँ, उहाँले बनाएका औषधि, जडिबुटीको पुरै स्टोरका स्टोरे देखेँ, कसरी अनुसन्धान भएको रहेछ त्यो पनि प्रत्यक्ष देखेँ’, उनले भने, ‘उहाँले यो जात तल्लो, उपल्लो भन्ने बेकार हो भनेर प्रवचन नै दिनुभएको छ, योगबाट आरोग्य, आरोग्यबाट उद्योग भनेर उत्पादक शक्ति विकास गर्ने कुरा नै गर्नुभएको छ, उहाँ अरुजस्तो धर्मभिरु होइन, त्यो कुरा उहाँकै अगाडि भनिदिएको हो ।’

उनले रामदेव रुढीबादी नभएको जिकिर सुनाए । ‘उहाँ अरु जस्तो रुढीवादी, जातपात मान्ने, हिन्दुबादी हुनुपर्छ भन्ने पनि होइन’, उनले थप गुनगान सुनाए, ‘उनले वैज्ञानिक ढंगले नै सोच्छन् भनेको हो ।’ आचार्य बालकृष्ण आमा भनेर बेलाबखत आफ्नो घर आउने गरेको चर्चा प्रचण्डले गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर