विप्लवसँग भर्खरै एकता भैहाल्ने ठाउँमा पुगिएको छैन, चुनावमा सहकार्य पक्का होः प्रचण्ड (भिडिओ) – Nepal Press

विप्लवसँग भर्खरै एकता भैहाल्ने ठाउँमा पुगिएको छैन, चुनावमा सहकार्य पक्का होः प्रचण्ड (भिडिओ)

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लवसँगको वार्ता सहकार्य गरिने पक्का भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग प्रचण्डले शनिबार खुमलटारमा भेट गरेका थिए ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘बिस्तारै परिवर्तनका एजेन्डालाई सुदृढ गर्ने, सहकार्य गर्दै एकतातिर पनि सोच्नुपर्छ भन्नेसम्मको समझदारी त हो, तर सहमति भैसकेको छैन ।’ प्रचण्डले विगतको सरकारसँग भएको तिीन बुँदे सहमति पछि पटक–पटक विप्लवसँग भेट हुने गरेको बताए । ‘आज लामो समय गम्भीर कुराकानी भएको छ, तर भर्खरै एकता भैहाल्ने ठाउँमा पुगिएको छैनू, चुनावमा सहकार्य हुन्छ, यति चाहिँ पक्का हो ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले अमेरिकी अनुदान फिर्ता नजाओस् भन्ने चाहेको बताए । अमेरिकी अनुदान एमसीसी पास गर्ने नगर्नेमा दलबीच एकता नभएका बेला उनले राष्ट्रिय समझदारीबाटै एमसीसी पारित हुने जिकिर गरे । ‘एमसीसीको ओरजिनल सहमति र त्यसपछिका सहमतिको बीचको अन्तरविरोधले समस्या देखा परेको होू, राजनीतिक दलबीचमा राष्ट्रिय सहमति गरेरै निकास निकाल्ने कोसिस हुनेछ, अमेरिककाप्रति कुनै एलर्जी छैन ।’

उनले छिटै अल पार्टी मिटिङ बसेर समस्या समाधान गरिने बताए । उनले सर्वोच्च अदालतमा देखिएको समस्या अदालतभित्रबाटै हल हुनुपर्ने बताए । ‘गठबन्धनको उच्चस्तरीय समन्वय समितिको बैठकबाट चिन्ता व्यक्त गर्यौं, गम्भीरतापूर्वक अपिल गर्यौँ । राजनीतिक दलले अदालतमाथि कुनै खालको दबाब, हस्तक्षेप गरेको कहिँ कतै नदेखियोस् भन्ने चाहना छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर