नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै सचेत रहन विज्ञको सुझाव – Nepal Press

नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै सचेत रहन विज्ञको सुझाव

काठमाडौं । विज्ञहरुले नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै आम नागरिकहरुलाई सचेत रहन आग्रह गरेका छन् । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले नेपालमा वायु प्रदूषण बढ्दै गएकाले त्यसतर्फ सचेत रहन आग्रह गरेका हुन् ।

बंगालको खाडी र पश्चिम अरेबियन सागरमा उत्पन्न भएको एक किसिमको जलवायु प्रणालीका कारण भारतका केही शहरहरुमा भीषण वर्षा हुने र त्यसको असर नेपालमा पनि देखिने बताए ।

डा. उप्रेतीले बुधवार बेलुकादेखि नै काठमाडौं लगायत देशभरका केही शहरहरुमा वायुको गुणस्तर कम भएको बताए । दक्षिण भारतमा २ सय १५ मिलिमिटर भन्दा बढी वर्षा हुने सम्भावना रहेको र भारतमा देखिएको प्रदूषण उत्तरतर्फ सर्दा नेपालमा असर पर्ने उनको भनाइ छ ।

डा. उप्रेतीले नेपालमा वर्षा नभए पनि उच्च हिमाली क्षेत्रमा हिमपात र बाक्लो कुहिरो लाग्ने तथा तराईमा शीतलहर देखापर्ने बताए । विराटनगर, धनगढी, महेन्द्रनगर लगाएत स्थानमा वायु प्रदुषणको स्तर बिग्रिँदै गएको छ ।

जलवायुविज्ञ डा. उप्रेतीले भने,‘अहिले खास अरेबियन सागर र बंगालको खाडीको सदन पार्टमा, महाराष्ट्रदेखि पश्चिमतिर अरेबियन सागरमा र पूर्वी बंगालको खाडीमा उत्पन्न हुने एक खालको सिस्टमले दक्षिण भारतमा ठूलो वर्षा गराउँदैछ, त्यहाँ २ सय १५ मिलिमिटर भन्दा बढीको वर्षा (खतरा) भएकाले रेड अलर्ट जारी गरेको छ, त्यसको असर नेपालमा पनि पर्ने देखिन्छ । हिजोदेखि आजसम्मको अवस्था हेर्ने हो भने रेड अलर्ट छ, हावाको खतरा तह पुगिसकेको छ, अहिलेको जस्तै हो भने काठमाडौंमा पनि यसको असर बढ्न सक्छ, यसले निम्त्याउने श्वासप्रश्वाससम्बन्धी रोगहरुदेखि मानव स्वास्थ्यमा यसको ठूलो असर देखिन्छ, यसले डेथ पनि गराउन सक्छ ।’

डा. उप्रेतीले वायु प्रदूषण कम गर्न धुलोलाई घटाउने गरी नगरपालिकाहरुले पानी छर्कने, उद्योगधन्दा केही दिनका लागि बन्द गर्ने र सवारीसाधन बन्द गर्ने लगायतका काम बेलैमा गर्नुपर्ने बताए । उनले वायु प्रदूषण बढ्दै गएमा देशव्यापी लकडाउन गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर