प्रधानन्यायाधीशद्वारा फुलकोर्ट आव्हान, असन्तुष्ट न्यायाधीश छलफलमा – Nepal Press

प्रधानन्यायाधीशद्वारा फुलकोर्ट आव्हान, असन्तुष्ट न्यायाधीश छलफलमा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीका अनुसार दिउँसो साढे एक बजेका लागि बैठकको समय तय भएको छ ।

बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची रहेको बताइएको छ । इजलास बहिष्कार गरेर बसेका असन्तुष्ट न्यायाधीशहरू पनि बैठकमा सहभागी हुने तयारीमा छन् । फुल कोर्टमा आफूहरूको धारणा तय गर्न उनीहरू छुट्टै छलफलमा छन् ।

प्रधानन्यायाधीशले आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको भन्दै उनीहरू बैठकमा उपस्थित हुन तयार भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर