संवैधानिक आयोगका पदाधिकारीले विज्ञप्ति निकालेर मर्यादाको धज्जी उडाए: भीम रावल – Nepal Press

संवैधानिक आयोगका पदाधिकारीले विज्ञप्ति निकालेर मर्यादाको धज्जी उडाए: भीम रावल

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले प्रधानन्यायाधीशका पक्षमा संवैधानिक आयोगका पदाधिकारीहरूले विज्ञप्ति निकालेर आफ्नो क्षेत्राधिकार र मर्यादाको धज्जी उडाएको आरोप लगाएका छन् ।

रावलले ट्वीट गर्दै यसबाट सरकार, अदालत र नियुक्ति पाउनेहरूबीचको साँठगाँठ कै पर्दाफास भएको पनि टिप्पणी गरेका छन् । ‘प्रधानन्यायाधीशका सामु इतिहासमै पहिलोपटक न्यायिक नैतिकता र जिम्मेवारीबोधको गम्भीर प्रश्न उठिरहेको बेला यसबारे संवैधानिक आयोगका पदाधिकारीहरूले विज्ञप्ति निकालेर क्षेत्राधिकार र मर्यादाको धज्जी उडाएका छन्,’ उनले भनेका छन्, ‘यसबाट सरकार, अदालत र नियुक्ति पाउनेहरूबीचको साँठगाँठ कै पर्दाफास भएको छ।’

राष्ट्रिय मानवअधिकार अयोगसहितका संवैधानिक आयोगका पदाधिकारीहरूले प्रधानन्यायाधीशविरुद्ध भइरहेको घेराबन्दी र अदालत ठप्प पार्ने कार्यको विरोध गरेका थिए । सर्वोच्चमा नियमित सुनुवाइको वातावरण बनाउनुपर्ने भन्दै विज्ञप्तिमार्फत उनीहरूले दबाब दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर