प्रचण्डले भने– न्यायालयभित्रै समस्या समाधान नभए राजनीतिक कदम चाल्नुपर्छ – Nepal Press

प्रचण्डले भने– न्यायालयभित्रै समस्या समाधान नभए राजनीतिक कदम चाल्नुपर्छ

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले न्यायलयको समस्या एक–दुई दिनभित्रै अन्त्य विश्वास व्यक्त गरेका छन् ।

महोत्तरीको रामगोपालपुरमा आधारभूत स्वास्थ्य केन्द्रहरुको उद्घाटन गर्न जाने क्रममा जनकपुरधाम आइपुगेका प्रचण्डले यस्तो विश्वास व्यक्त गरेका हुन् । उनले न्यायालयको समस्या छिटोभन्दा छिटो अन्त्य गर्न गठबन्धनमा पनि छलफल भएको र सबैले आ–आफ्नो ठाउँबाट पहल गरिरहेको बताए ।

‘हामी पहल गरिरहेका छौं’, उनले भने, आशा गरौं, विवाद न्यायालयभित्रै सुल्झिन्छ ।’ न्यायालयभित्रै विवाद नमिले मात्र राजनीतिक हल गर्ने उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर