कर्णाली प्रदेश सरकारको भूमि मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त, पद तथा गोपनियताको शपथ – Nepal Press

कर्णाली प्रदेश सरकारको भूमि मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त, पद तथा गोपनियताको शपथ

सुर्खेत । कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा एकीकृत समाजवादी दलका नेता चन्द्रबहादुर शाहीले नियुक्त भएका छन् । मन्त्रीमा नियुक्त भएलगत्तै उनले मंगलबार साँझ नै प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् ।

यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले शाहीलाई कानुन मन्त्रीमै नियुक्त गरिएको दाबी गरेको थियो । तर, नवनियुक्त मन्त्री शाहीले आफूलाई कृषि मन्त्री उपयुक्त लागेको भन्दै मागेपछि अन्तिममा आएर उनले सोही मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

मन्त्रालय फेरबदल भएका कारण तोकिएको समयमा पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम हुन सकेको थिएन । मुख्यमन्त्री जीवनबहादुर शाहीले मुख्यमन्त्री बनेको झण्डै दुई सातापछि एक मन्त्री नियुक्त गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर