नेइमारले अर्जेन्टिनाविरुद्धको विश्वकप छनोट खेल गुमाउने – Nepal Press

नेइमारले अर्जेन्टिनाविरुद्धको विश्वकप छनोट खेल गुमाउने

काठमाडौं । ब्राजिलका स्टार फवार्ड नेइमारले विश्वकप छनोटमा अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् । उनको तिघ्राको समस्याका कारण खेल गुमाउने ब्राजिल फुटबल महासंघ (सीबीएफ)ले सोमबार घोषणा गरेको हो ।

कतारमा आयोजना हुने २०२२ को विश्वकपमा ब्राजिलले स्थान सुरक्षित गरेको कोलम्बियाविरुद्धको खेलमा नेइमारले पूरै समय खेलेका थिए । सो खेलमा लुकास पाक्युटाको निर्णायक गोलमा ब्राजिलले कोलम्बियालाई पराजित गरेको थियो ।

तर, उनले मंगलबार ब्राजिलविरुद्धको जितसँगै अर्जेन्टिना छनोट हुनसक्ने खेल भने गुमाउने भएका छन् । ‘आज बिहानको ट्रेनिङपछि नेइमारले तिघ्रा दुखेको गुनासो गरे’ सीबीएफले भन्यो, ‘थप परिक्षणहरू गर्न असमर्थ भएकाले सान जाउन यात्रा नगर्ने खेलाडीलाई स्टाफले आराम गराउने निर्णय गरेको हो ।’

पेरिस सेन्ट जर्मन (पीएसजी)ले अर्को च्याम्पियन्स लिगअन्तर्गत म्यान्चेस्टर सिटी भ्रमणका लागि नेइमार फिट हुने आशा गरिएको छ । नेइमारले ब्राजिलबाट ७० अन्तर्राष्ट्रिय गोल गरेका छन् । जुन ब्राजिलका सर्वकालिन कीर्तिमान गोलकर्ता पेलेको भन्दा ७ गोल कम हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *