अलपत्र चरिकोट-मुडे सडक निर्माणका लागि आन्दोलन गर्ने ७ पत्रकार पक्राउ – Nepal Press

अलपत्र चरिकोट-मुडे सडक निर्माणका लागि आन्दोलन गर्ने ७ पत्रकार पक्राउ

दोलखा । लामो समयदेखि अलपत्र चरिकोट-मुडे सडक छिटो बनाउन दबाब दिँदै पत्रकारहरूले विरोध जनाएका छन् । समयमा निर्माण नगराउने सडक विभाग र बीचमै काम छाडेर भाग्ने ठेकेदारविरुद्ध पत्रकारहरूले विरोध गर्दै आएका छन् ।

निर्माणलाई निरन्तरता दिएर अलपत्र सडक छिटो सम्पन्न गर्न दबाबस्वरूप लामो साँघु-जिरी सडक सुधार आयोजनको कार्यालयमा तालाबन्दी गर्न पुगेका केन्द्रीय सदस्य रमेश खतिवडा, पूर्व केन्द्रीय सदस्य चिरञ्जिवि मास्केसहित ७ पत्रकार पक्राउ परेका छन् ।

पक्राउ पर्ने अन्यमा श्याम खतिवडा, गोकर्ण भण्डारी, सिर्जन घिमिरे, राजन बस्नेत र अर्जुन कार्की छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर