नविना लामा महाधिवेशन प्रतिनिधिमा निर्विरोध, युवा विद्यार्थीबाट को-को चुनिए ? – Nepal Press

नविना लामा महाधिवेशन प्रतिनिधिमा निर्विरोध, युवा विद्यार्थीबाट को-को चुनिए ?

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यका लागि प्रबल दाबेदार मानिएकी अनेरास्ववियुकी पूर्वअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य नविना लामा महाधिवेशन प्रतिनिधि निर्विरोध भएकी छन् ।

युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट नविना लामा र अनेरास्ववियुकी उपाध्यक्ष कल्पना वाइबा महिला कोटाबाट निर्विरोध भएका हुन् । त्यस्तै युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट युवा संघका उपमहासचिव रामजी सापकोटासहित प्रकाश भुजेल, मोती विक र चिरञ्जिवी पौडेल सर्वसम्मतरूपमा महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

यसअघि अनेरास्ववियुबाट अध्यक्ष सुनिता बराल, बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष झपिन्द्र खत्री र महासचिव समिक बडाल निर्विरोध चयन भएका थिए ।

त्यस्तै अनेरास्ववियुका पूर्वअध्यक्ष ऐन महर, पूर्व उपाध्यक्षहरू रश्मी आचार्य, महेश बर्तौला र शैलेस लामा पनि आ-आफ्नो जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । उनीहरू पनि एमालेका केन्द्रीय सदस्यका नयाँ आकांक्षी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर