कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनका लागि विभिन्न समिति बनाइने – Nepal Press

कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनका लागि विभिन्न समिति बनाइने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने १४ औं महाधिवेशनको तयारीका लागि बैठक बस्न लागेको हो ।

बैठकले महाधिवेशनका लागि विभिन्न समिति गठन गर्नेछ । राजनीतिक प्रतिवेदन, मूल व्यवस्थापन , खाना तथा आवास, प्रचार, मञ्च व्यवस्थापन , यातायात व्यवस्थापन लगायतका समिति गठन गर्ने कांग्रेसको तयारी छ ।

आजको बैठकबाट महाधिवेशनका लागि आवश्यक निर्णयहरु लिने सहमति शनिबारको पदाधिकारी बैठकमा भएको थियो । बैठक दिउँसो २ बजेपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *