गोरखाबाट को–को चुनिए एमाले महाधिवेशन प्रतिनिधि ? (सूचीसहित) – Nepal Press

गोरखाबाट को–को चुनिए एमाले महाधिवेशन प्रतिनिधि ? (सूचीसहित)

काठमाडौं । नेकपा एमाले गोरखाले पनि सर्वसम्मतरुपमा महाधिवेशन प्रतिनिधि छनोट गरेको छ ।

पार्टीको १० औं महाधिवेशनका लागि दुई वटा संघीय निर्वाचन क्षेत्र रहेको गोरखाको क्षेत्र नं १ बाट खुल्लातर्फ सुरेन्द्र बहादुर थापा, गोपाल पाण्डे, कृष्ण नेपाली, सुरेश श्रेष्ठ, मोहन भट्टराई, विशाल थापा, महिलातर्फ सम्झना देवकोटा, मिना बरामु प्रतिनिधि छानिएका छन् ।

त्यस्तै क्षेत्र नं २ बाट खुल्लातर्फ प्रेम गुरुङ, बावुराम थापा, हरि काफ्ले, कमल दानी, महिलातर्फ पार्वती पाठक र रुपा पन्त चुनिएका छन् । उत्पीडित दलित प्रतिनिधिमा काजीराम रोका सर्वसम्मत चयन भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर