झलनाथ खनाल भन्छन्– एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकाले विद्रोह गर्न बाध्य भयौं – Nepal Press

झलनाथ खनाल भन्छन्– एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकाले विद्रोह गर्न बाध्य भयौं

काठमाडौं । नेकपा एसका सम्मानित नेता वरिष्ठ नेता झलनाथ खनालले एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकाले विद्रोह गरेर नयाँ पार्टी खोल्न परेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै खनालले एमालेबाट समाजवादी क्रान्ति पूरा हुन नसक्ने ठहर गर्दै नयाँ पार्टी खोल्नु परेको पनि बताए ।

दुईतिहाई बहुमतलाई केपी शर्मा ओली नेतृत्वको सरकारले सदुपयोग गर्न नसकेको भन्दै उनले ओलीले गुट मात्रै चलाएका कारण अहिलेको परिस्थिति आएको आरोप लगाए । भने– हामी फुटेका होइनौं, हामीले एमाले गुटको व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गरेका हौं ।

पार्टी क्रमिक रुपमा विकास भइरहेको भन्दै उनले मात्रात्मकरुपमा मात्रै भन्दा पनि गुणात्मक रुपमा पनि विकास गर्नुपर्ने बताए ।

पुँजिवादी जनवादी क्रान्ति पूरा भइसकेको तर्क गर्दै उनले अबको समाजवादी क्रान्तिको नेतृत्व नेकपा एसले मात्रै गर्नसक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर