लहानमा १७ वर्षीया किशोरी बलात्कृत, आरोपी फरार – Nepal Press

लहानमा १७ वर्षीया किशोरी बलात्कृत, आरोपी फरार

सिरहा । सिरहामा एक किशोरी बलात्कृत भएकी छन् । लहान नगरपालिका १४ की १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय शिवा पासवानविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा उजुरी परेको छ ।

पीडित किशोरीमाथि बिहीबार बलात्कार गरेको आरोपमा कारबाहीका लागि उजुरी परेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डाक्टर तपन दाहाले जानकारी दिए ।

पीडित किशोरीको स्वास्थ्य परीक्षण गरिएको र आरोपितको खाजीकार्य भइरहेको जनाको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *