तरलताको समस्या तत्काल समाधानका लागि पहल गर्न महासंघका उपाध्यक्ष ढकालको आग्रह – Nepal Press

तरलताको समस्या तत्काल समाधानका लागि पहल गर्न महासंघका उपाध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको समस्या तत्काल समाधन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार भक्तपुर उद्योग वाणिज्य संघको ३४औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटनमा बोल्दै तरलताको समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

कोरोनाको कारणले थला परेको क्षेत्रहरु विस्तारै सुधार हुने अवस्थामा रहेको हुँदा अहिले बजारमा देखिएको तरलताको समस्या समाधानको लागि तत्काल पहल लिन नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकलाई ढकालले आग्रह गरेका छन् ।

‘विगत दुई वर्षभन्दा लामो समयदेखि कोभिड–१९ को महामारीबाट सिथिल रहेको उद्योग व्यवसाय विस्तारै सुधार हुने अवस्थामा रहेको थियो । तर अहिले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता समस्याले यसलाई थप मारमा पारेको छ । यसलाई तत्काल समाधान गरिएन भने यसले ठूलो र दीर्घकालिन समस्या पु¥याउनेछ,’ उनले भने ।

यस वर्ष बजेट ल्याउन ढिलो हुँदा सरकारी खर्च कम भएको र रेमिट्यान्सको आप्रवाह पनि घटेकोले बजारमा तरलता अभाव देखिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर