स्पष्टीकरणपछि प्रभु बैंकको नेप्से कारोबार फुकुवा – Nepal Press

स्पष्टीकरणपछि प्रभु बैंकको नेप्से कारोबार फुकुवा

काठमाडौं । प्रभु बैंकको स्पष्टीकरणपश्चात नेप्सेले कारोबार फुकुवा गरिदिएको छ । नेपाल स्टक एक्सेचन्ज लिमिटेड ‘नेप्से’ले प्रभु बैंकको सेयर कारोबारमा इन्साइडर ट्रेडिङ (भित्री कारोबार) को शंका गर्दै कारोबार रोक्का गरेको थियो ।

नेप्सेले बैंकसँग ७ दिने स्पष्टीकरण सोधेको थियो । धितोपत्र विनियमावलीको नियमविपरीत बैंकले कारोबार अवधिभित्रै लाभांश घोषणा गर्न गरेपछि नेप्सेले कारोबार रोक्का गरी स्पष्टीकरण सोधेको थियो ।

प्रभु बैंकको कात्तिक २३ गते १ देखि ३ बजेको अवधिमा सञ्चालक समितिको बैठक बसी १२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको नेप्सेको दाबी छ ।

नेप्सेले करोबार अवधिमा सञ्चालक समितिको बैठक बसी ‘किन कारोबार गरेको ?’ भनेर बैंक व्यवस्थापनलाई सोधेको थियो । उक्त प्रश्नको जवाफमा बैंकले गल्ती स्वीकार गर्दै आगामी दिनमा यस किसिमको गल्ती नदोहोर्याउने प्रतिवद्धता व्यक्त गरेकाले कारोबार फकुवा गरिएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर