आइतबार पनि प्रधानन्यायाधीशलाई सर्वोच्चमा प्रवेश गर्न नदिने बारको घोषणा – Nepal Press

आइतबार पनि प्रधानन्यायाधीशलाई सर्वोच्चमा प्रवेश गर्न नदिने बारको घोषणा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै गरेको नेपाल बार एसोसिएसनको शुक्रबारको धर्ना सकिएको छ ।

आइतबार फेरि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रवेशमा रोक्न सर्वोच्च गेटमा धर्ना दिने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । धर्ना कार्याक्रम आइतबार सोमबार र मंगलबार पनि गरिने उनले बताए ।

प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेश गर्न नदिने उद्देश्यका साथ शुक्रबार कानुन व्यवसायी धर्नामा बसेका थिए । तर, प्रधानन्यायाधीश जबरा अर्कै गेट प्रयोग गरी कार्यालय प्रवेश गरेका थिए ।

कार्यपालिकासँग राजनीतिक भागबण्डा खोजेकोलगायतका माग राखेर बार निरन्तर आन्दोलनमा उत्रिएको छ ।

बारको शुक्रबारको धर्ना सकिएसँगै सेवाग्राहीले सर्वोच्च अदालत प्रवेश पाएका छन् । सर्वोच्च प्रवेश गर्ने सेवाग्राहीको लाइन नै लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर