न्युजिल्यान्डका कोनवेले फाइनल गुमाउने – Nepal Press

न्युजिल्यान्डका कोनवेले फाइनल गुमाउने

काठमाडौं । न्युजिल्यान्डका विकेटकिपर–ब्याटर डेभोन कोनवेले चोटका कारण आइतबार हुने आईसीसी टी–२० विश्व कपको फाइनल गुमाउने भएका छन् । बुधबार राति भएको इङ्ल्यान्डविरुद्धको सेमिफाइनलका दौरान घाइत भएका कोनवे न्युजिल्यान्डको फाइनल खेल्ने टोलीमा समावेश हुने छैनन् ।

इङ्ल्यान्डविरुद्धको खेलमा आउट भएपछि निराश बनेर आफ्नै ब्याटमा मुक्का हानेका कोनवेको एक्स–रे गर्दा हातको एउटा हड्डी भाँचिएको देखिएको छ । उनको एक्स–रेको रिपोर्ट आएसँग्ै उनले अस्ट्रेलियाविरुद्धको फाइनल गुमाउने निश्चित भएको हो ।

यसअघि न्युजिल्यान्डका ल्युक फर्गुसन पनि पाकिस्तानविरुद्धको खेलमा घाइते भएपछि प्रतियोगिताबाट बाहिर भइसकेका छन् । सेमिफाइनलमा इङ्ल्यान्डलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको न्युजिल्यान्डले आइतबार नजिकको छिमेकी अस्ट्रेलियासँग खेल्ने छ ।

एकदिवसीय विश्व कप २०१९ को उपविजेतासमेत रहेको न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्व कपको फाइनलमा पुगेको हो । यस्तै, सन् २०१० मा फाइनलमा इङ्ल्यान्डसँग पराजित भएको अस्ट्रेलिया पनि त्यसयता पहिलो पटक फाइनलमा पुगेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *