नेकपा एसको स्थायी कमिटी बैठक आज, केन्द्रीय कमिटीका लागि प्रस्ताव अनुमोदन गरिने – Nepal Press

नेकपा एसको स्थायी कमिटी बैठक आज, केन्द्रीय कमिटीका लागि प्रस्ताव अनुमोदन गरिने

काठमाडौं । सत्ता गठबन्धनको साझेदार  नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दैछ ।

नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा दिउँसो २ बजे स्थायी कमिटी बैठक आह्वान गरिएको छ । आठौं बैठकले २७-२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्ताव अनुमोदन गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले एमालेसहित विभिन्न कम्युनिस्ट पार्टी परित्याग गरी प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकालाई जिम्मेवारी र भूमिका दिन निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेस गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर