राष्ट्रियसभामा एमाले ‘क्लीनस्वीप’ हुने माधव नेपालको उद्घोष – Nepal Press

राष्ट्रियसभामा एमाले ‘क्लीनस्वीप’ हुने माधव नेपालको उद्घोष

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आफैं ठेगान लागि सेकेको बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले समय र परिस्थितिले नै ओलीलाई ठेगान लगाइसकेको बताएका हुन् ।

उनले राष्ट्रियसभा तथा रिक्त रहेको सदस्यको चुनावमा एमालेलाई ‘क्लिन स्वीप’ पार्ने दाबी गरेका छन् । गठबन्धन दलहरूले साझा उम्मेदवार उठाएर एमालेलाई ‘क्लिन स्वीप’ पार्ने उनको भनाइ रहेको छ ।

अध्यक्ष नेपाल सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरूको राजीनामाको बचाउमा उत्रिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना निर्णय गर्ने पाँच जना न्यायाधीशको राजीनामा दिनु पर्ने बताइरहेका बेला उनी भने बचाउमा लागेका हुन् ।

ओलीले प्रधानन्यायाधीश र न्यायाधीशको राजीनामा माग्नु ‘वाहियात’ कुरा भएको र रिस पोख्नु बाहेक केही नभएको प्रतिक्रिया दिए ।

उनले उच्च स्तरीय राजनीति संयन्त्र काम गर्नका लागि बनाइएको बताएका छन् । प्रतिपक्षी एमालेले विरोध गरिरहेको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले राम्रो नदेख्ने संस्कार भएकाले विरोध गर्ने गरेको प्रतिक्रिया दिए। ‘गठबन्धन फुट्छ भन्ने हल्ला फिँजाइएको छ,’ नेपालले भने, ‘यो संयन्त्रले त्यसलाई पनि दरिलो बनाउँछ ।’

आफ्नो पाटीको लहर देखेर अरू शक्तिहरु आत्तिएकोसमेत उनले बताए । विप्लव तथा वैद्यसँग बाम एकता गर्ने विषयमा छलफल भइरहेको उनले बताए । बिचार मिल्नेहरूसँग एकता गर्न सकिने नेता नेपालको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर