पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन (तस्बिरहरू\भिडिओ) – Nepal Press

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन (तस्बिरहरू\भिडिओ)

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रतिपक्षी दल नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।

काठमाडौंको रत्नराज्य क्याम्पसको गेटअगाडि विरोध प्रदर्शनका क्रममा अनेरास्ववियुका विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । सोक्रममा प्रहरीले बलसमेत प्रयोग गरेको छ ।

पटकपटक भाउ बढाएर जनताको ढाड सेकेको भन्दै तत्काल मूल्यवृद्धिको निर्णय फिर्ता लिन उनीहरूको माग छ ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर