उपभोक्ता समितिमार्फत हुने खरिद सम्झौतामा रोक – Nepal Press

उपभोक्ता समितिमार्फत हुने खरिद सम्झौतामा रोक

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले उपभोक्ता समितिमार्फत हुने नयाँ खरिद सम्झौता रोकेकी छन् । झाँक्रीले मन्त्रीस्तरीय निर्णय गर्दै उपभोक्ता समितिमार्फत हुने सबै खरिद कार्यहरू तत्कालका लागि रोकिएको हो ।

उपभोक्ता समितिले नियमविपरीत काम गरेको, काममा ढिलासुस्ती भएको, गुणस्तरीय काम नभएको र अनियमितता बढेको भन्दै मन्त्री झाँक्रीले सो निर्णय गरेकी हुन् ।

शहरी विकास मन्त्रालयको सहसचिवको नेतृत्वमा उपभोक्ता समितिको काम कसरी भएको छ भनेर अध्ययन गर्ने समिति समेत गठन गरेको छ । समितिको प्रतिवेदनको आधारमा उपभोक्ता समितिको कामकारबाही व्यवस्थित बनाउँदै लाने मन्त्रालयको भनाइ छ ।


प्रतिक्रिया

One thought on “उपभोक्ता समितिमार्फत हुने खरिद सम्झौतामा रोक

  1. उपभाेक्ता समितिले दाम दिदैन । त्यही काम ठेकेदारलाई दिएपछि कमिशन खान पाईन्छ । पैसा कमाउन गएका हुन् कमाउँछन् जान्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर