ओप्पाेद्वारा नवप्रवर्तनात्मक प्रविधि तथा पहलहरु सार्वजनिक – Nepal Press

ओप्पाेद्वारा नवप्रवर्तनात्मक प्रविधि तथा पहलहरु सार्वजनिक

काठमाडौं । ‘बिल्डिंग अ बेटर फ्यूचर टूगेदर’ थिमका साथ ओप्पाेले २०२१ ओपो डेभलपर कन्फरेन्स (ओडीसी)को आयोजना गरेको छ । सम्मेलन मार्फत ओपोले ओमोजी, रे ट्रेसिंग र हेटेरोजिनस कम्प्यूटिंग जस्ता प्रविधिहरुका साथै, आफ्नो नयाँ ओप्पाे हेल्थ एण्ड कारलिंक व्यवसायको घोषणापनि गरेको छ ।

ओप्पाेका उपाध्यक्ष तथा ओपो रिसर्च ईन्स्टिच्यूटका अध्यक्ष लेभिनले भने, ‘निरन्तर कनेक्टेड यो संसारमा उपकरण तथा सेवाका संख्याहरुका साथै अन्तरक्रियाका प्रबृत्तिहरु समेत बृहत्त तथा विविध छन् ।

विकासकर्ताहरु प्रयोगका विभिन्न परिवेशका साथै लामो सञ्चालन समयका लागि सक्षम हुनु आजको आवश्यकता हो । ओप्पाे आफ्ना विकासकर्ताहरुलाई चुनौतीहरुको सामना गर्न तथा प्रयोगकर्ताहरुका लागि सुदृढा भविस्यको निर्माणमा सहकार्य तथा सशक्तिकरणका लागि समर्पित छ ।’

परिस्कृत भिज्यूअल्सका लागि, ओप्पाेको ओमोजी र रे ट्रेसिंग प्रविधिहले विकासकर्ताहरुलाई एप्स तथा गेम्समा जीवन्तता प्रदान गर्न सघाउनेछ ।
ओप्पाेले कलरओएस मार्फत एआई सञ्चारित ओमोजी प्रविधि ल्याएको छ ।

यसमा रहेको डिप लर्निंग मोडल्स र शक्तिशाली एआई अल्गोरिदमहरु मार्फत यसले अनुहारका सुक्ष्म भावहरु खिच्न र पुणःउत्पादन गर्ने क्षमता राख्छ । यसले गर्दा भर्चुअल संसारमा प्रयोगकर्ताहरुका सटीक अवतारहरु बनाउन सकिन्छ ।

ओप्पाेले मोबाइल उपकरणहरूमा यसको प्रोटोटाइप विकास गर्ने कार्य सम्पन्न गरिसकेको छ । सन् २०२२ को ६ महिना भित्रै विकासकर्ताहरूका लागि प्राविधिक क्षमता माथि पहुँच प्रदान गर्ने योजना बनाएको छ । थ्रीडी लाइभ वालपेपर्स, ईमेज फिल्टर्स र एआर जस्ता क्षेत्रमा रे ट्रेसिङ टेक्नोलोजीको व्यापक प्रयोग सम्भावना रहेको कम्पनीले बताएको छ ।

ओप्पाेले निवारक चिकित्सा हेरचाह र जीवनशैली परिवर्तनमा केन्द्रित ओपोको स्वास्थ्य व्यवसाय, ओप्पाे हेल्थको स्थापनाको औपचारिक घोषणा पनि गरेको छ । सेन्सर, एल्गोरिदम, डाटा र बायोमेडिकल इन्जिनियरिङद्वारा सञ्चालित, ओपो हेल्थले राम्रो स्वास्थ्य सेवा समाधानका लागि प्रयोगकर्ता र स्वास्थ्य सेवा प्रदायकहरूलाई निरन्तर र दीर्घकालीन डाटा प्रदान गर्ने लक्ष्य बोकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर