पार्टी काममा फर्किए झलनाथ खनाल – Nepal Press

पार्टी काममा फर्किए झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पार्टी काममा फर्किएका छन् । नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपणपछि नेपाल आएर घरमै आराम गरिरहेका नेता खनाल लामो समयपछि आजबाट काममा फर्किएका हुन् ।

मीनभवन, आलोकनगरस्थित नेकपा एसको केन्द्रीय कार्यालयमा खनाल प्रमुख रहेको विदेश विभागको पहिलो बैठक बसेको छ । तीन घण्टासम्म चलेको बैठकमा उनी पूरा समय सहभागी भएको नेकपा एसका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । बैठकले डा. शंकर खतिवडालाई विदेश विभाग सचिवमा चयन गरेको छ ।

नेता खनालले विभागका सदस्यहरुसँग आगामी कार्ययोजनाबारे छलफल गरेका छन् । तीन महिना पूर्णआराम गर्न चिकित्सकले दिएको सल्लाहका कारण केही समय भेला, बैठक, सभालगायतका सार्वजनिक कार्यक्रममा भने खनाल सहभागी नहुने खतिवडाले बताए ।

पार्टी दर्ता भएपछि खनाल एउटा सचिवालय बैठकमा उपस्थित भएका थिए । तर, पार्टी कार्यालय स्थापना भएपछि भने उनी पहिलोपटक बैठकमा सहभागी भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर