धनुषा पुगेर गृहमन्त्रीले भने- एमालेका कारण नागरिकता विधेयक ल्याउन सकिएन – Nepal Press

धनुषा पुगेर गृहमन्त्रीले भने- एमालेका कारण नागरिकता विधेयक ल्याउन सकिएन

जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाणले प्रतिपक्षी नेकपा एमालेले सदन अवरुद्ध गरेकाले नागरिकताजस्ता महत्वपूर्ण विधेयक ल्याउन नसकेको बताए । केही बेरअघि जनकपुर आइपुगेका मन्त्री खाणले सदनको गतिरोध हटाउन एमालेसँग आग्रह गरेका छन् ।

धनुषा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले न्यायपालिकामा देखिएको विवाद संवेदनशील र गम्भीर रहेको टिप्पणी गरे । मन्त्री खाणले भने, ‘कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका स्वतन्त्र ढंगले नै चल्नुपर्छ । हामी चाहन्छौं न्यायपालिकाको विवाद छिटो अन्त्य होस् ।’

गृहमन्त्रीको स्वागतमा विमानस्थल वरपर कार्यकर्ताको भीड लागेको थियो । कार्यकर्ताको भीडले बजार क्षेत्र केहीबेर अस्तव्यस्त बन्यो । सो क्रममा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको थियो ।

गृहमन्त्री खाणलाई स्वागत गर्न कांग्रेस नेताहरू रामकृष्ण यादव, मुक्ता कुमारी यादव, प्रदेश मन्त्रीद्वय रामसरोज यादव र विरेन्द्र सिंह तथा सुरक्षा निकायका अधिकारीहरु समेत विमानस्थल पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर