भक्तपुरमा जुवाखालबाट १५ जना पक्राउ – Nepal Press

भक्तपुरमा जुवाखालबाट १५ जना पक्राउ

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा जुवातास खेल्ने १५ जना जुवाडे पक्राउ परेका छन् । शनिबार राति ९ बजे चाँगुनारायण नगरपालिका ८ सुडाल पुरीगाँउ बस्ने मणिराम पुरीको घरमा जुवातास खेलिरहेका अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २५ वर्षीय शुसिल खत्री २८ वर्षीय चन्द्रशेखर खत्री, ३३ वर्षीय को नवराज खत्री, ५१ वर्षीय राजन कार्की, ४२ वर्षीय चिरञ्जिवी फुँयाल, ३०वर्षीय जनक खत्री, ४३ वर्षीय जिवन श्रेष्ठ, ३७ वर्षीय परमेश्‍वर थापा, ३८ वर्षीय प्रेम कुमार विक, ४५ वर्षीय सरोज भण्डारी, ३९ वर्षीय विनोद तिमिल्सिना, ३५ वर्षीय विकास लामा, ३८ वर्षीयको रुपेश न्याजु र काठमाडौंको गोकणेश्वर नगरपालिका २ नयाँपाटी ५० वर्षीय रामु भण्डारी रहेका छन् ।

यस्तै प्रहरीले तास खेलाउने घरधनी चाँगुनारायण नगरपालिका ८ पुरीगाँउ बस्ने ५२ वर्षीय को मणिराम पुरीलाई पनि पक्राउ गरेको छ ।

उक्त स्थानमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक लोक बहादुर जिसीको कमाण्डमा प्रहरी टोली खटी गई छापा मार्दा तास खेलिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई, तास २ बुकसहित १२ लाख ४३ हजार ७८० समेत बरामद गरी महानगरीय प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।

घरधनी पुरीले पहिलै देखिनै जुवा खेल्ने खेलाउने गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । थप अनुसन्धान कार्य भई रहेको महानगरीय प्रहरी वृत्त भक्तपुरले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *