३-० को अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकियो, रियाल विजयी – Nepal Press

३-० को अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकियो, रियाल विजयी

काठडमाडौं । स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिँदा रियाल मड्रिडले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले पहिलो हाफमै ३ गोलको अग्रता लिएको थियो । तर, दोस्रो हाफमा सम्हालिन नसकेको बार्सिलोनाले ३ गोल खाँदै बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

सेल्टा भिगोको मैदानमा पहिलो हाफमा आक्रमक देखिएको बार्सिलोनाले दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा तीन अंक लिने राम्रो अवसर खेर फाल्यो ।

बार्सिलोनाका लागि अन्सु फाती, सर्जियो बुस्केट र मेम्फिस डिपाएले एक/एक गोल गरे । सेल्टा भिगोको लागि इएगो आसपासले दुई तथा नोलिटोले एक गोल गरे ।

जोडी अल्वाको पासमा फातीले पाँचौं मिनेटमा गोल गर्दै अग्रता दिलाए । कप्तान सर्जियो बुस्केटले १८ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । ३४औं मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै पहिलो हाफमा ३-० को अग्रता दिलाए ।

दोस्रो हाफमा घरेलु टोली सेल्टाले लगातार तीन गोल गर्‍याे । बराबरीपछि बार्सिलोना १७ अंकसहित नवौँ स्थानमा छ । सेल्टाभिगो १५औं स्थानमा छ ।

शनिबार राति नै भएको खेलमा शीर्ष स्थानको रियालले रायो भालेकानोलाई २-१ गोलको नतिजामा पराजित गरेकाे छ ।

घरेलु मैदानमा रियललाई जिताउन टोनि क्रुस र करिम बेन्जिमाले एक-एक गोल गरे । भालेकानोको लागि राडामेल फाल्काओले एक गोल फर्काएका थिए ।

जितसँगै रियल १२ खेलबाट २७ अंकसहित शीर्ष स्थानमा छ भने १३ खेलबाट २० अंक जोडेको भालेकानो छैठौं स्थानमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर