रानीपोखरी-बालगोपालेश्वरमा यसरी लगाइयो भाइटीका (तस्वीरहरू\भिडिओ) – Nepal Press

रानीपोखरी-बालगोपालेश्वरमा यसरी लगाइयो भाइटीका (तस्वीरहरू\भिडिओ)

काठमाडौं । तिहार अर्थात यमपञ्चकको आज पाँचौ दिन आज भाइटीका लगाएर मनाइँदै छ । भाइपूजा अर्थात् भाइटीकाको दिन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाइन्छ । र, यो वर्ष पनि शनिबार बिहानैदेखि भाइटीका लगाउन सुरु गरिएको छ ।

दिदीबहिनी तथा दाजुभाई नहुनेका लागि हरेक वर्ष भाइटीकाको दिन रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुल्ला गरिन्छ । यो मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्छ ।

भूकम्प र कोरोना महामारीका कारण पछिल्लो समय बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइएको थिएन । यद्यपि, यसपाली भने सर्वसाधारणका लागि खुलाइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर