तिहारको शुभकामना सन्देशमा पनि ओलीप्रति माधव नेपालको कटाक्ष – Nepal Press

तिहारको शुभकामना सन्देशमा पनि ओलीप्रति माधव नेपालको कटाक्ष

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तिहार तथा नेपाल संवत ११४२ को उपलक्ष्यमा शुभकामना सन्देश दिने क्रममा पनि एमाले अध्यक्ष ओलीप्रति कटाक्ष गरेका छन् ।

ओलीको नाम नलिई नेकपा एसका अध्यक्ष नेपालले व्यक्तिवाद, अहंकार, घमण्ड र एकाधिकारवादी सोँचको अन्त्य गर्न सबैलाई अभिप्रेरित गरोस् भन्ने शुभकामना दिएका छन् ।

नेपालले भनेका छन्- तिहार र नेपाल सम्बत्ले खराब प्रवृत्तिको अन्त्य सहित सबैको अस्तित्वलाई ग्रहण गर्दै एक आपसको सम्मान अनि एकतामा जोड दिए जस्तै नेपाली समाजमा विविध क्षेत्रबाट देखाइएका दंभ, अहंकार, घमण्ड, व्यक्तिवाद, मपाइत्व र एकाधिकारवादी सोंचको अन्त्य गरी समाजलाई सहअस्तित्व सहितको असल बाटोमा अगाडि बढाउन हामी सबैलाई अभिप्रेरित गर्न सकोस् ।

नेपालले ओलीमा ती सबै प्रवृति रहेको भन्दै पटक पटक आलोचना गर्दै आएका छन् ।


प्रतिक्रिया

One thought on “तिहारको शुभकामना सन्देशमा पनि ओलीप्रति माधव नेपालको कटाक्ष

  1. माधवकाे जन्म नै ओलि सिध्याउन भएकाे हाे । देशी विदेशी जाली फटाहहरूसँग पैसा खाएर ओलि र एमाले सिध्याउन हिडेका छन् यी । महाअधिवेशनमा ओलिसँग हारे पछि ओलि सिध्याउने खेलमन लागेका छन् । निच विचार !

Leave a Reply

Your email address will not be published. Required fields are marked *