१६२ जना सदस्यीय नेपाली सेनाको टोली मिसनमा सिरिया प्रस्थान – Nepal Press

१६२ जना सदस्यीय नेपाली सेनाको टोली मिसनमा सिरिया प्रस्थान

काठमाडौं । नेपाली सेनाका सेनानी सुनिल थापाको कमाण्डमा एक सय ६२ जनाको नेपाली सेनाको टोली मिसनका लागि सिरिया प्रस्थान गरेको छ । नफ्री उत्तर रसियाको फलाइट नम्बर युटीए ९९९१ मार्फत नेपाली सेनाको टोली शुक्रबार बिहान नौ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंबाट सिरिया प्रस्थान गरेको हो ।

२०७८ कार्त्तिक १९ गते सिरियामा तैनाथ श्री फोर्स हेडक्वार्टर सर्पोट युनिट दशौं डफ्फा, श्री मेकनाईज्ड ईन्फेन्ट्री गुल्म पाँचौ डफ्फा, श्री ईन्जिनियर छैठौं डफ्फा, श्री लेवल एक प्लस अस्पताल तेश्रो डफ्फा र श्री क्लोज प्रोटेक्सन युनिट दोस्रो डफ्फामा सहभागिमा हुनका लागि सिरिया प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ ।

कोभिड–१९ महामारीका कारण शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएका अदली बदलीको दौरानमा सम्पुर्ण सुरक्षा सतर्कता तथा कोभिड–१९ का मापदण्डको पालना गरिएको नेपाली सेनाले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनापछि विगतदेखि नै नेपाली सेना विभिन्न युएन मिसनमा सहभागी भई द्वन्दग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउदै आईरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *