हामी चुनाव जित्छौं, ईर्श्या गर्नेहरूको हालत खत्तम हुनेछ : माधव नेपाल (भिडिओ) – Nepal Press

हामी चुनाव जित्छौं, ईर्श्या गर्नेहरूको हालत खत्तम हुनेछ : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघीय संसदको निर्वाचन संविधानले तोकेकै समयमा हुने बताएका छन् । कसैले चाहँदैमा संघीय संसदको ‘अर्ली इलेक्सन’ नहुने उनको भनाइ छ ।

विहीबार आफ्नो पार्टीको मध्यपुर थिमी नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले संघीय संसदको निर्वाचन संविधानले तोकिएकै समयमा हुने बताए । चैतमा हुने राष्ट्रिय सभाको निर्वाचन र स्थानीय तहको निर्वाचन तथा केन्द्र तथा प्रदेशको उपनिर्वाचनमा पाँच दलको गठबन्धन हुने भन्दै उनले यसलाई कसैले भत्काउन तथा टुटाउन नसक्ने दावी गरे ।

नेपालले भने, ‘कसैले भ्रम नपाले हुन्छ । आजै हुन्छ कि, छिट्टै चुनाव हुन्छ कि, छिट्टै चुनाव हुनेवाला छैन । संघीय संसदको चुनाव समयमै हुनेछ । त्यसको निम्ति हामी जसरी प्रत्येक काममा सफल हुँदै हिडेका छौँ । अगाडी बढेका छौँ । त्यसैगरी निर्वाचनको मैदानमा पनि विभिन्न ठाउँको आँकलन हामीले गरीरहेका छौँ । हामी जित्नेछौँ । बाँकी हामीसँग इष्र्या गर्नेहरुको हालत खत्तम हुनेछ ।’

अध्यक्ष नेपालले केपी ओलीको दम्भकै कारण एमालेले केन्द्रीय सरकार र प्रदेश सरकारमा आफ्नो पार्टीको हैसियत गुमाउनु परेको बताए । नवौं महाधिवेशनमा ओलीलाई जिताएर साथीहरुले भूल गरेको कारणले नै एमाले पार्टीको दुर्भाग्य सुरु भएको उनले टिप्पणी गरे । एमाले पार्टीले गलत बाटो लिन थालेपछि पार्टीभित्र आफूहरु निसास्सिएर बस्नै नसक्ने अवस्था आएपछि नयाँ पार्टी खोल्न बाध्य भएको उनको भनाइ थियो ।

नेपालले भने, ‘दुईतिहाई बहुमत, सबै प्रदेशमा बनेको वामपन्थी सरकार केपी ओलीले सबै सिध्याइदिए । कस्तो मान्छेलाई नवौं महाधिवेशनमा हाम्रा साथीहरुले भोट दिएछन् ?’

उनले एमाले पार्टीमा रहेका असन्तुष्टहरुलाई आफ्नो पार्टीमा फर्किएर आए स्वागत गर्ने बताए । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले नराम्रो काम गरेमा तत्काल कारवाही गरी मन्त्री पदबाट हटाउने पनि उनले प्रष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर