नेपाल प्रेसमा तिहार विशेष सांस्कृतिक साँझः हेर्नुस् राष्ट्रिय कलाकारहरुको प्रस्तुति – Nepal Press

नेपाल प्रेसमा तिहार विशेष सांस्कृतिक साँझः हेर्नुस् राष्ट्रिय कलाकारहरुको प्रस्तुति

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई स्वागत गर्दै हिजो साँझ नेपाल प्रेसले विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुले देउसी-भैलोदेखि विविध मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए ।

मिनभवनस्थित नेपाल प्रेस प्रधान कार्यालयको प्रांगणमा कार्यक्रम आयोजना गरिएका थियो । प्रख्यात लोकगायक बद्री पंगेनीको नेतृत्वमा कलाकारहरुले देउसी-भैलो खेले । अन्य सांगीतिक प्रस्तुतिसहित नृत्य र कमेडीको समेत प्याकेज कलाकारहरुले प्रस्तुत गरेका छन् ।

उक्त कार्यक्रमको रेकर्डेड भिडियो हामीले अहिले प्रिमियर गरेका छौं । यस भिडियोबाट कुनै पनि अंश काँटछाट गरी सामाजिक सञ्जालमा राख्न अनुमति नरहेको जानकारी गराउँछौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *