योगेशले भने- माधव नेपालको पार्टी अवैध हो, महाधिवेशनमा बोलाउँदैनौं – Nepal Press

योगेशले भने- माधव नेपालको पार्टी अवैध हो, महाधिवेशनमा बोलाउँदैनौं

काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा देशका सबै दलहरूलाई निम्ता दिए पनि हालै आफूबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीलाई भने नबोलाउने भएको छ ।

महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले अवैध ढंगले अध्यादेशमार्फत जन्माइएको पार्टीलाई मान्यता नदिएको भन्दै नेकपा एसलाई नबोलाउने बताए ।

भट्टराईले एकीकृत समाजवादीको पहिचान नभएको र पत्राचार गर्ने ठाउँ पनि नभएको भन्दै राजनीतिक दलहरुको अवैध सम्बन्धमा बनेका समूहलाई एमाले महाधिवेशनमा नबोलाइने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर