प्रधानमन्त्री देउवासँग एमसीसी सीइओको भेटवार्ता : सम्झौता अनुमोदनबारे पुनः अमेरिकी चासो


ग्लास्गो । राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६)को साइडलाइनमा प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी अनुदान सम्झौता (एमसीसी) सीइओ एलेक्सिया लोटोर्टुबीच आज भेटवार्ता भएको छ । सो भेटमा सीइओ लोटोर्टुले नेपाली संसदबाट एमसीसी अनुमोदनमा भैरहेको ढिलाइप्रति देउवासँग चासो राखेकी थिइन् ।
जवाफमा देउवाले एमसीसीमा राष्ट्रिय सहमती जुटाउन सरकारले प्रयत्न गरिरहेको र सबैलाई मतैक्य तुल्याएर मात्र एमसीसी अनुमोदन गर्नेतर्फ अघि बढ्ने बताएको परराष्ट्र स्रोतले जनाएको छ । एमसीसी पास नहुँदै संघीय संसदको अधिवेशन अन्त्य गरिएकोप्रति निराशा व्यक्त गरेको अमेरिकाले प्रधानमन्त्रीलाई साइडलाइनमै भेटेर चासो राखेको हो ।]
सत्तारुढ दल कांगे्रसभित्र एमसीसीलाई लिएर प्रधानमन्त्री र परराष्ट्रमन्त्री नारायण खड्काको पनि फरक मत छ । सत्तारुढ दलहरु माओवादी केन्द्र र नेकपा एसले संसोधनपछि मात्र एमसीसी पारित गर्नुपर्ने अडान राखिरहेका छन् । केही महीना पहिले एमसीसी उपाध्यक्ष फतिमा सुमार पनि काठमाडौं आएको बेला नेताहरुलाई भेटेकी थिइन् भने सरकारले सोधेका १० प्रश्नको जवाफ पनि एमसीसीले दिइसकेको छ ।