बेञ्च बहिष्कार गर्ने न्यायाधीशहरूविरुद्ध प्रदर्शन (तस्बिरहरू) – Nepal Press

बेञ्च बहिष्कार गर्ने न्यायाधीशहरूविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसियसनको आव्हानमा आज पनि आन्दोलन जारी छ । तर, त्यो आन्दोलनको काउन्टरमा दिनदिनै प्रदर्शन भइरहेको छ ।

बार नेतृत्व र इजलास बहिष्कार गर्ने न्यायाधीशहरूविरुद्ध माइतीघरमा प्रदर्शन गरिएको हो । न्यायको ढिलाइले अन्याय बढ्ने भन्दै न्यायाधीशहरूलाई मुद्दाको सुनुवाइमा फर्कन उनीहरूको माग छ ।

मुद्दा नहेर्ने न्यायाधीश र इजलासमा नजाने वकिलले जनताको अधिकार खोसेको प्रदर्शनकारीले टिप्पणी गरेका छन् ।

तस्बिरहरू : उमेश कार्की ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर