घाइते मेसीले लाइपजिगविरुद्धको खेल गुमाउने – Nepal Press

घाइते मेसीले लाइपजिगविरुद्धको खेल गुमाउने

काठमाडौं । अर्जेन्टिनि सुपरस्टार लियोनेल मेसीले बुधबार हुने आरबी लाइपजिग विरुद्धको खेल चोटका कारण गुमाउने भएका छन् । उनको घुँडा र बाँया ह्याम्स्ट्रिङमा समस्या भएको पेरिस सेन्ट जर्मन (पीएसजी)ले मंगलबार घोषण गरेको हो ।

मेसीले गत शुक्रबार लिले विरुद्धको खेलमा पहिलो हाफमै मैदान छाडेका थिए । तर, मुख्य प्रशिक्षक माउरिसियो पोचेटिन्होले लाइपजिगसँगको खेलका लागि फिट हुने बताएका थिए । तर, सोमबारको ट्रेनिङमा भने मेसी अनुपस्थित थिए ।

मंगलबार क्लबले उनी पूर्णरूपमा फिट नभएको पुष्टि गरको छ ।

पीएसजीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘चार पटकका च्याम्पियन्स लिग विजेता मेसीको देब्रे खुट्टामा ह्याम्स्ट्रिङ र घुँडाको दुखाई बाट पीडित छन्,’

मेसीले शनिबार हुने बोर्डेउस्कविरुद्धको खेल पनि गुमाउने सम्भावना बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *