प्रचण्डलाई ओलीको जवाफ- चितवन कुरुक्षेत्र होइन, अब धार्मिक क्षेत्र हुन्छ – Nepal Press

प्रचण्डलाई ओलीको जवाफ- चितवन कुरुक्षेत्र होइन, अब धार्मिक क्षेत्र हुन्छ

चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवनलाई कुरुक्षेत्र नभइ धार्मिक क्षेत्र बनाउने बताएका छन् । मंगलबार चितवनको माडीमा आयोजित एमालेको कार्यक्रममा ओलीले चितवनलाई किन कुरुक्षेत्र बनाउनु पर्‍यो ? भन्दै प्रश्न गरे ।

केही दिनअघि चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन आगामी चुनावमा कुरुक्षेत्र बन्ने बताएका थिए । ‘कुरुक्षेत्र किन बनाउने ?,’ ओलीले भने, ‘प्रचण्डले पहिलेकै बैस सम्झेर कुरुक्षेत्र बनाउने भनेका होलान् । अब कुरुक्षेत्र होइन, यहाँ धर्मक्षेत्र हुन्छ । विकास, शान्ति र एकताको क्षेत्र हुन्छ ।’

ओलीले जसले युद्ध चाहन्छ त्यसले हार्ने बताए । ‘कुरुक्षेत्रै बनाउन खोजेको हो भने म भन्न चाहन्छु, कौरवहरूले जितेका थिएनन्, पाण्डवहरूले जितेका थिए। जसले युद्ध खोज्छ उसले हार्छ,’ उनले भने।

ओलीले आफूलाई विकाससँग चासो भएको बताए । ‘कसैले भन्लान् राजनीति गर्ने मान्छे, भौतिकवादी, मार्क्सवाद मान्ने मान्छे,’ उनले भने, ‘इतिहासको कुरा छ । इतिहास पहिल्याउने कुरा छ । हामीले यथार्थ इतिहास उत्खनन् गरेका छौं । यो कसैको विरुद्ध होइन, सत्य पहिल्याउने मात्रै हो ।’

ओलीले अब माडी क्षेत्रमा पर्यटक बढ्ने समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर