मुख्यमन्त्री राईले सपथ लिए, ६ सदस्यीय मन्त्रिपरिषद् (सूचीसहित) – Nepal Press

मुख्यमन्त्री राईले सपथ लिए, ६ सदस्यीय मन्त्रिपरिषद् (सूचीसहित)

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले सपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले उनलाई पद तथा गोपनीयताको सपथ गराए । मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रदेश सरकारमा थप पाँच मन्त्री नियुक्त गरिएको छ ।

सहमतिअनुसार नेपाली कांग्रेसले २, नेकपा (माओवादी केन्द्र) ले १, जनता समाजवादीले १ मन्त्री पाएका छन् । संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई एउटा राज्यमन्त्री दिइएको छ ।

नयाँ मन्त्रीहरूमा कांग्रेसका सांसद हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री, कांग्रेसकै केदार कार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, जसपा संसदीय दलका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्रीलाई नियुक्तिको लागि सहमति बनेको छ । आङ्बो यसअघि शेरधन राई नेतृत्वको सरकार हुँदा पनि आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए ।

संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन् । नवनियुक्त मन्त्रीहरूलाई सपथ गराइएको छ ।

प्रदेश १ मा नवगठित मन्त्रिपरिषद्को सूची यसप्रकार छ :-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर