हक्की नेताको काँधमा प्रदेश १ को भार, लगाउलान् पार ? – Nepal Press

हक्की नेताको काँधमा प्रदेश १ को भार, लगाउलान् पार ?

काठमाडौं । प्रदेश १ ले आजदेखि नयाँ मुख्यमन्त्री पाएको छ । एमालेका भीम आचार्य नेतृत्वको सरकार ढालेर नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्रकुमार राई तेस्रो मुख्यमन्त्री बनेका हुन् ।

राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन प्रदेशसभाका ५० सांसदले हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए । जसमा नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एसका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना छन् ।

‘अंकगणितले मेल नखाएको’ भन्दै निवर्तमान मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै नयाँ सरकार गठनको आव्हानबमोजिम राईलाई मुख्यमन्त्री बनाउन दाबी गरिएको थियो । केन्द्रीय गठबन्धनबीच सत्ता बाँडफाँटको क्रममा प्रदेश १ को नेतृत्व नेकपा एसलाई दिइएको हो ।

प्रदेश १ का पहिलो मुख्यमन्त्री बनेका शेरधन राई र राजेन्द्र राईको गृहजिल्ला संयोगले पूर्वी पहाडी जिल्ला भोजपुर हो । शेरधनले सुरू गरेका प्रदेशका केही महत्वपूर्ण योजनामा उनको प्राथमिकता र स्वयं भोजपुरमा मतदाता रिझाउन अघि सार्ने विकास निर्माणका कामले उनको भावी राजनीतिक यात्रामा पनि अर्थ राख्छ ।

प्रदेशसभामा एकल बहुमतमा रहेको एमाले ४१ सिटसहित अल्पमतमा झर्‍यो । हिजो भीम आचार्य र राजेन्द्र राई माधव नेपाल समूहमा हुँदा १९ सांसद उनीहरूसँग थिए ।

राईले १० सांसदसहित नेकपा एस रोजे । आचार्य पार्टी फुटलाई साथ नदिइ एमालेमै रहे । चुनाव जित्दा खासगरी आफ्नै गुटका भीम आचार्य र सिनियर नेताका कारण सम्भवत: मुख्यमन्त्रीको अपेक्षा नगरेका राजेन्द्र तिनै आचार्यलाई हटाएर मुख्यमन्त्रीको कुर्सीमा आएका छन् ।

को हुन् राजेन्द्र राई ?

२०२७ असार १५ गते बुबा नगेन्द्रबहादुर राई र आमा धनकुमारी राईको चारमध्ये कान्छो सन्तानाको रूपमा राजेन्द्र भोजपुरको साविक किमालुङ गाविसको सुर्केमा जन्मिएका हुन् । त्यहाँबाट छिमेकी गाविस देउरालीमा बसाइँ आएका उनको घर अहिले षडानन्द नगरपालिका-१० झ्याउँपोखरीमा छ ।

स्वकीय सचिव सन्दीप राईका अनुसार १८ वर्षअघि शोभा पाठकसँग वैवाहिक बन्धनमा बाँधिएका राईले झ्याउँपोखरीकै शारदा माविबाट एसएलसी गरे । प्रमाणपत्र तह र स्तातक तह भने काठमाडौंको आरआर क्याम्पसबाट पूरा गरे ।

२०४३ सालतिर काठमाडौं छिरेका उनी आरआर क्याम्पसको स्ववियू सदस्य हुँदै २०४९ मा सभापति निर्वाचित भए । विद्यार्थी संगठनबाट मुलधारको राजनीतिमा आएका राईले अनेरास्ववियूमा २ दशकबढी बिताए । गाउँमै मावि पढ्दा अनेरास्ववियूका प्रारम्भिक कमिटी हुँदै उनी केन्द्रीय अध्यक्षसम्म भए । २०५७-२०५९ र २०५९-२०६१ मा राजेन्द्र अनेरास्ववियूको नेतृत्वमा रहे ।

एमाले-माओवादी एकीकरणपछि बसेको नेकपाको केन्द्रीय कमिटी बैठकस्थलमा ओली र प्रचण्डको फोटो टाँगिएको विषय राईले उठाएपछि बैठक हलबाट फोटो हटाइएको थियो । राई सैद्धान्तिक, वैचारिक कुरामा निर्ममरूपमा प्रस्तुत हुने गर्छन् ।

एमाले नवौँ महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । नेकपाकालमा केन्द्रीय सदस्य तथा संखुवासभा इन्चार्जको जिम्मेवारीमा रहे ।

माधव नेपाल प्रधानमन्त्री हुँदा राई जनसम्पर्क सल्लाहकार भएका थिए । एमालेबाट विभाजित भएर बनेको नयाँ पार्टी नेकपा एसमा हाल उनी केन्द्रीय सचिवको जिम्मेवारीमा छन् ।

जनआन्दोलनकालमा नारायणहिटीबाट छोटो दूरीमा रहेको रत्नपार्कनजिकैको ‘रातोघर’ चर्चामा थियो । त्यहीँ आन्दोलनको रणनीति बनाउँदै राजेन्द्रको नेतृत्वमा सडकमा राजतन्त्रविरोधी नारा घन्किन्थ्यो । गणतन्त्रको नारा लगाएकै कारण राजद्रोहको अभियोगमा राजेन्द्र ३ महिनाभन्दा बढी जेल परे ।

जनआन्दोलनमा सडकमा गणतन्त्रको नारा लगाएर ‘हक्की’ देखिएका उनी युवामाँझ पनि लोकप्रिय बने । यीनै राजेन्द्रहरूले राजाको विरोध गर्न डराइरहेका नेताहरूलाई गणतन्त्रतर्फ आन्दोलनको एजेण्डामा डोर्‍याउन बल पुर्‍याएका थिए ।

२०७४ साल मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा भोजपुर प्रदेश सभा ‘क’ मा वाम गठबन्धनतर्फबाट राई ७ हजार ७ सय ५६ मतान्तरका साथ विजयी भएका थिए ।

२०७४ मंसिरको निर्वाचनमा विजयी भएपछि राजेन्द्रलाई बधाई दिँदै प्रतिद्वन्द्वी अजम्बर काङ्गमाङ्ग ।

राजेन्द्रले १९ हजार २ सय ९७ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका उम्मेद्वार अजम्बर राई काङ्गमाङ्गले ११ हजार ५ सय ४१ मत प्राप्त गरे ।

विद्यार्थी राजनीतिकै क्रममा काठमाडौंमा केन्द्रित भएका उनले ‘ग्रासरुट’ पोलिटिक्स भने यही चुनावबाट थालेका हुन् । पहिलोपटक चुनाव लडेका राईको यो जितसँगै संसदीय यात्रा सुरू भएको हो ।

चट्टानी अडान

एमालेमै छँदादेखि राईलाई हक्की र आफ्नो अडानभन्दा दायाँबायाँ नचल्ने नेताका रूपमा लिइन्थ्यो । उनी र अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध प्रायः सधैँ ३६/६३ को आँकडा जस्तै बन्यो । केपी ओलीलाई अध्यक्ष बनाउने नवौं महाधिवेशनको हलमा राईले ओलीविरुद्ध लेखेको पुस्तक बाँडिएपछि केहीबेर महाधिवेशन नै अवरुद्ध भएको थियो ।

एमाले-माओवादी एकीकरणपछि बसेको नेकपाको केन्द्रीय कमिटी बैठकस्थलमा ओली र प्रचण्डको फोटो टाँगिएको विषय राईले उठाएपछि बैठक हलबाट फोटो हटाइएको थियो । राई सैद्धान्तिक, वैचारिक कुरामा निर्ममरूपमा प्रस्तुत हुने गर्छन् ।

अशोक राईले पार्टी फुटाएर संघीय समाजवादी खोलेपछि नेकपा एमालेले जनजाती नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । सुरूमा उनले त्यो मनोनयन अस्वीकार गरेका थिए ।

अघिल्ला दुई मुख्यमन्त्रीले ‘राँटो’ राखेर गएको प्रदेशको नामाकरण त्यत्तिकै छाड्ने वा टुंग्याएर आफ्नो पर्फमेन्स देखाउने नवनियुक्त मुख्यमन्त्री राईको अग्निपरीक्षा सुरू भएको छ ।

वैचारिक राजनीतिक विषयमा प्रष्ट नभइ गरिएको एकताको समेत आलोचक बनेका उनी । सर्वोच्च अदालतले नेकपा खारेज गरी एमाले ब्युँतिएपछि ओलीसँग मिसिन नहुने धारणा राख्दै आएका थिए ।

पार्टीको अन्तरसंघर्षमा राजेन्द्र सुरूदेखि नै माधव नेपालको पक्षमा उभिए ।

चुनौती र अवसर

नेकपाकालमा केपी ओली र प्रचण्डबीच सुरू टकराबको पराकम्पस्वरूप अहिले केन्द्रदेखि प्रदेशसम्मका सबै सरकारमा नेकपा एमाले प्रतिपक्षी बनेको छ । पछिल्लो समयमा माधवकुमार नेपालले नयाँ पार्टी खोलेर एमाले विभाजन भएपछि प्रदेश सरकारहरू धमाधम हल्लिए ।

केन्द्रीय सत्ता गठबन्धनबीच सत्ता बाँडफाँटको सहमतिअनुसार नेकपा एसलाई प्रदेश १ पर्‍यो । त्यही समझदारीअनुसार प्रदेश १ मा अंकगणितीय हिसाबले १० सांसदसहित चौथो दलको बरीयतामा रहेको नेकपा एसले सरकारको नेतृत्व गरेको छ । चुनाव आउन १ वर्षबाट ओरालो लाग्दै गर्दा राईको कार्यकाल एक त छोटो छ । अर्कोतिर क्याबिनेटदेखि सबैतिर गठबन्धनलाई चित्त बुझाएर राख्नु उनलाई चुनौती छ ।

प्रदेश १ का पहिलो मुख्यमन्त्री बनेका शेरधन राई र राजेन्द्र राईको गृहजिल्ला संयोगले पूर्वी पहाडी जिल्ला भोजपुर हो । शेरधनले सुरू गरेका प्रदेशका केही महत्वपूर्ण योजनामा उनको प्राथमिकता र स्वयं भोजपुरमा मतदाता रिझाउन अघि सार्ने विकास निर्माणका कामले उनको भावी राजनीतिक यात्रामा पनि अर्थ राख्छ ।

७ प्रदेशमध्ये नामाकरण हुन नसकेका २ वटा प्रदेशमा प्रदेश १ पनि छ । कोशी, सगरमाथा, किराँत, लिम्बुवान, विजयपुर, विराटदेखि कोचिलासम्मका नामहरू चर्चामा छन् । गठबन्धनमा रहेका दलहरू नामाकरणमा एकमत छैनन् । सबैको भावना समेट्ने गरी प्रदेशको नाम राख्नु उनका लागि यो चुनौती र अवसर पनि हो ।

केही संरचना इटहरी, सुन्दरहरैँचा र विराटनगर आसपासका क्षेत्र हुने गरी विराटनगरलाई स्थायी राजधानी तोकिएको झण्डै साढे दुई वर्ष भयो । अघिल्ला दुई मुख्यमन्त्रीले ‘राँटो’ राखेर गएको प्रदेशको नामाकरण त्यत्तिकै छाड्ने वा टुंग्याएर आफ्नो पर्फमेन्स देखाउने नवनियुक्त मुख्यमन्त्री राईको अग्निपरीक्षा सुरू भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर