टक्सार विभागमा असर्फी किन्नेको घुइँचो (तस्बिरहरू/भिडिओ) – Nepal Press

टक्सार विभागमा असर्फी किन्नेको घुइँचो (तस्बिरहरू/भिडिओ)

काठमाडौं । नेपाल राष्ट्र बैंकअन्तर्गत बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको घुइँचो लागेको छ । तिहारमा बिक्री गर्न विभागले सुन र चाँदीको असर्फी छपाइ गर्दै आएको छ ।

असर्फी बिक्रीका लागि विभागले कोटा तोकेको छ । सुनको असर्फी लिन १२५ जनालाई कोटा बाँडिएकोमा करिब ४०० ग्राहक लाइन बसेपछि अधिकांश निरास भएर फर्किएका छन् ।

विभागले गणेश र लक्ष्मीको फोटो अंकित असर्फी तयार गरेको छ । टक्सार महाशाखाले ५ ग्राम असर्फीको मूल्य ४० हजार ४३८ र २.५ ग्राम असर्फीको बिक्री मूल्य २० हजार २१९ निर्धारण गरेको छ ।

नेपालमा सिक्का उत्पादन गर्न छाडे पनि टक्सार विभागले वर्षेनी दसैँ र तिहारमा असर्फी र चाँदीको सिक्का बनाउँदै आएको छ । पुरानो मेसिन भएकाले सिक्का उत्पादनमा भने समस्या भएको बताइएको छ ।

तस्बिरहरू : उमेश कार्की ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर