देउवा र दक्षिण एसियाली मामिला हेर्ने बेलायती उपमन्त्रीबीच भेटवार्ता – Nepal Press

देउवा र दक्षिण एसियाली मामिला हेर्ने बेलायती उपमन्त्रीबीच भेटवार्ता

ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा र दक्षिण एसियाली मामिला हेर्ने बेलायती सहायक मन्त्री तारिख अहमद अफ विम्वल्डनबीच राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६) बीच भेटवार्ता भएको छ ।

भेटमा स्वच्छ ऊर्जा र वनसहित नेपालको जलवायु योजनाबारे छलफल भएको जानकारी मन्त्री अहमदले दिएका छन् । जलवायु लक्ष्य हासिल गर्ने नेपालको योजनामा बेलायतले सघाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

बेलायती सहायक मन्त्रीको प्रतिबद्धताप्रति प्रधानमन्त्री देउवाले धन्यवाद दिएका छन् । नेपाल वर्तमान जलवायु संकटसँग लड्न प्रतिबद्ध रहेको कुरा पनि देउवाले बताएका छन् । ग्लास्गो सम्मेलनमा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि अनौपचारिक भेटवार्ता गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर