हुम्ला उड्न लागेको सीता एयरको जहाज नेपालगन्जमा बँदेलसँग ठोक्कियो

२०७८ कार्तिक १६ गते ८:२०

काठमाडौं । सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएको छ । आज बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो ।
उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला अचानक बँदेलसँग ठोक्किएपछि विमानमा ठूलो प्वाल परेको छ ।
नाइट एचएएचएबी कलसाइन रहेको विमानमा १४ जना यात्रु र चालकदलका सदस्य थिए । सबै सकुशल रहेको बताइएको छ ।
अहिले नेपालगन्ज विमानस्थल बन्द भएको छ र धावनमार्गमा दुर्घटनाग्रस्त विमानलाई क्रेनको सहायताले पार्किङसम्म लाने काम भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर